Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला लघुवित्तको ४ करोड रुपैयाँको IPO आउँदै

मंगलबार, ०३ पुस २०७५, ०८ : ११ मा प्रकाशित

आँधिखोला लघुवित्तको ४ करोड रुपैयाँको IPO आउँदै

अर्थ संसार, काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ करोड रुपैयाँको  साधारण शेयर (आइपीओ) आउने भएको छ ।

आँधिखोलाले १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड रुपैयाँको ४ लाख कित्ता आइपीओ ल्याउन लागेको हो । साधारण शेयर निश्कासनको लागि  लद्युवित्तले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
 
सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के।सी। र एनआइबीएल एस क्यापिटलको तर्फबाट नायब महाप्रबन्धक कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरेका छन् ।
 
आँधिखोला लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी १५ करोड रुपैयाँ तथा जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । यो कम्पनीको चुक्ता भने पुँजी ६ करोड रहेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको