Like us!
Follow us!
Connect us!
Watch us!

अनलाईन स्टोरबाट समानखरिद गर्दा जनता बैंकको भीसा कार्डमार्फत तुरुन्त भुक्तानीगर्न सकिने

मंगलबार, ०३ पुस २०७५, ०८ : २९ मा प्रकाशित

अनलाईन स्टोरबाट समानखरिद गर्दा जनता बैंकको भीसा कार्डमार्फत तुरुन्त भुक्तानीगर्न सकिने

अर्थ संसार, काठमाडौं ईन्टरनेटको प्रयोगमा भएको बृद्धीसंगै सोको माध्यमद्धारा बजारमा बिभिन्न किसिमका बस्तु तथा सेवाको खरिद बिक्रि पनि बढ्दो क्रममा रहेको छ ।

समय अनुरुप आफ्नो सेवा विस्तार तथा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंकले आफ्ना ग्राहकहरुलाई ईन्टरनेट मार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवाको शुरुवात गरेको छ ।

जनता बैंकका कार्ड होल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नं. उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्, जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने छ । सो सेवालिनका लागि ग्राहकसंग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ । यो सेवा प्रयोग गरे बापतकुनै थप शुल्कतिर्नु नपर्ने व्यवस्थागरिएको छ ।

साथै बैंकले विदेश स्थित विश्वविद्यालय/कलेजसंग सम्बन्धि बिभिन्न शुल्कहरु सम्बन्धित विश्व विद्यालय÷कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ ।

भिसा इन्टरनेशनलको ‘भेरिफाइडबाई भिसा’ मा आधारित यो प्रविधिबाट गरिएको अनलाइनकार्ड कारोबार पूर्ण सुरक्षित रहेको छ । यस सेवामार्फत सुरक्षित रुपमानगद रहित कारोवारलाई प्रोत्साहन गर्नुको साथै विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुलाई झन्झट रहित भुक्तानीको अवसर प्राप्तहुने विश्वास लिइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको