Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश दिने

मंगलबार, ०३ पुस २०७५, ११ : ५६ मा प्रकाशित

नेपाल टेलिकमले प्रतिशेयर ५५ रुपैयाँ नगद लाभांश दिने

अर्थ संसार, काठमाडौंं– नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभांश दिने भएको छ ।यहि पुष २ गते बेलुका बसेको संचालक समितिको बैठकले प्रति शेयर ५५ रुपैयाँको दरले नगद लाभांश दिने निर्णय गरेको हो ।

संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लभांश नेपाल सरकारबाट स्वीकति प्राप्त भई आए पश्चात कम्पनीको आगामि ११ औँ वार्षिक साधारणसभाबाट पाति भएपछि शेयरधनीले पाउनेछन् ।

यो समाचार तयार पर्दासम्म नेपाल टेलिकमको शेयर दोस्रो बजारमा ७८२ रुपैयामा कारोबार भैरहेको छ । लाभांश घोषणाले शेयर मूल्य ह्वात्तै बढ्ने देखिन्छ ।

 

5c1892867305c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको