Web Analytics Made Easy - StatCounter
शनिबार, २४ जेठ २०७७
समृद्ध देश निर्माण गर्ने हो भने बैंकहरुको बढ्दो ब्याजदर तुरुन्तै नियन्त्रण गर्नुपर्छ
बिहिबार, १० माघ २०७५

रामु खनाल,  शेयर बजार बिश्लेषक

सरकार समृद्ध नेपाल, सुखी नेपाली भनिरहेको छ । मुलुक समृद्ध बन्नको लागि देशमा लगानी योग्य वातावरण हुनुपर्छ, करका दरहरु न्यून हुनुपर्छ, मानिसहरुलाइ बैंकमा रकम जम्मा गर्न निरुत्साहित गरिनुपर्छ, बैंकमा जम्मा गरिने पैसा लगानी गर्न उत्प्रेरित गरिनुपर्छ ।

जसको लागि बैंकले दिने ब्याजदर  निकै न्यून बनाइनु तर लगानीबाट आउने प्रतिफल उच्च हुने बाताबरण मिलाइनु पर्छ । यदि बैंकले दिने ब्याजदरमा उच्च भयो भने मानिसहरू बैंकमा रकम जम्मा गर्न उत्साहित हुन्छन् र लगानी गर्न रुचाउदैनन् । लगानी नगरि मुलुकमा कसरी समृद्धि आउछ ?

अहिले  बैंकहरुमा ब्याजदर बढाउने होडबाजी नै  छ । यो  भनेको अर्थतन्त्रको लागि पक्कै पनि  सुखद संकेत होईन । बैंकले दिने ब्याजदर  उच्च हुँदा बैंकले लिने ब्याजदर  झन उच्च हुन्छ । फलस्वरूप लगानीकर्ताको लागत महँगो पर्न जान्छ ।

लागत महँगो परेको कारण उत्पादित बस्तु बजारमा महँगो मुल्यमा बेच्नु पर्छ । तर,  खरिदकर्ताहरु त्यहि गुणस्तरको तर तुलनात्मक रूपमा सस्तो मुल्यमा बस्तुहरु  खोजिरहेका हुन्छन् । बजारमा त्यहि बस्तु बिदेशबाट आयातित सस्तो भयो भने खरिदकर्ताले स्वदेशी बस्तु खरिद नगरि बिदेशी बस्तु खरिद गर्छन् । त्यसैले मुलुक समृद्ध बनाउनको लागि स्वदेशी उत्पादन सस्तोमा पाइने बाताबरण मिलाउनु पर्छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन  गर्ने  तर बिदेशी उत्पादनलाई निरुत्साहित गर्ने नीति ल्याउनु पर्छ  । जसको लागि उत्पादन लागत न्यूनीकरण गर्न बैंकको ब्याजदरमा व्यापक कटौती गरि न्यून बनाइनु पर्छ । बैंकमा  जम्मा हुने रकम भनेको बचतको रकम हो । देश  समृद्ध बनाउने हो भने  सो बचत रकम न्यून लागतमा परिचालन हुने प्रणालीको बिकास गरिनुपर्छ ।

बढ्दो ब्याजदरले पुँजि बजार मात्र होइन सम्पूर्ण अर्थ ब्यवस्था नै धरमराउन पुग्छ । ब्याजदर कम भयो बैंकमा निक्षेप आउदैन कि भन्ने प्रश्न उठछ, बैकमा रकम जम्मा जम्मा गर्नु भनेको नै सुरक्षाको लागि हो, आय आर्जनको लागि त लगानी गर्नुपर्छ भन्ने सोचको बिकास गर्नुपर्छ ।

सरकार समृद्ध नेपाल भन्दै नारा लगाउदै जाने बैंकहरु ब्याजदर बढाएको बिज्ञापन छाप्दै जाने हो भने मुलुक समृद्धि तर्फ होईन अवनति तर्फ धकेलिन पुग्छ । अतस् पुँजि बजार र अर्थतन्त्रको धमिरो बैंकहरुको बढदो ब्याजदर तुरुन्त नियन्त्रण गर्नुपर्छ ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved