Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल र फ्रान्सबीच रोजगारीबारे छलफल

शुक्रबार, ०६ पुस २०७५, ०८ : ०६ मा प्रकाशित

नेपाल र फ्रान्सबीच रोजगारीबारे छलफल

अर्थ संसार, काठमाडौं– नेपाल र फ्रान्सबीच रोजगारीका अवसर आदानप्रदानमार्फत दुवै देशको हित अभिवृद्धि गर्न सकिने विषयमा छलफल भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोसी जेभिएर लेजेर बीच आज भएको शिष्टचार भेटका क्रममा उक्त विषयमा छलफल भएको हो ।

मन्त्री विष्टले नेपालका धेरै युवा रोजगारीको सिलसिलामा खाडी र युरोपका विभिन्न मुलुकमा कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्वन्धलाई अझ विस्तार गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री विष्टले द्विपक्षीय सम्झौताको पालनाको सम्बन्धमा नेपाल सरकार जिम्मेवार रहेको बताउनुभयो ।

मन्त्री विष्टले नेपालमा विसं २०७२ सालमा आएको विनासकारी भूकम्पको बेला फ्रान्स सरकारले पुर्याएको सहयोग र विभिन्न पूर्वाधार विकासको क्षेत्रमा गरेको लगानीप्रति धन्यवाद व्यक्त गर्नुभयो । भेटका अवसरमा नेपाल र फ्रान्स बीचको सात दशक लामो सम्बन्धका विविध आयामबारे छलफल भएको श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिनुभयो ।

भेटमा राजदूत फ्रान्कोसीले नेपालमा देखिएको राजनीतिक स्थायित्वप्रति खुशी व्यक्त गर्दै फ्रेञ्च कम्पनीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रयाउन चाहेको र यसको लागि नेपालको आवश्यकता के हो भन्ने विषय पहिचान गर्न जरुरी रहेको बताउनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको