अर्थ संसार
काठमाडौं–लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त बोनस राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ । बैंकले दिने बोनस प्राप्ति प्रक्रियामा रहेको प्रोफेसनल दियालो विकास बैंकका सेयरधनीले समेत पाउने छन् ।
बैंकले जारी गर्न लागेको १ बराबर १ हकप्रद भर्ने सेयरधनीले समेत गत बर्षको नाफाबाट बोनस पाउने छन् । प्रोफेसनल दियालो विकास बैंक र सत प्रतिशत हकप्रद भरेका सेयरधनीले समेत बोनस पाउने भएकाले त्यतिखेर बोनसको प्रतिशत भने घटेर त्यतिखेरको कायम हुने चुक्ता पूँजीअनुसार १८.२९ प्रतिशत हुने बैंकले जनाएको छ । अहिले कायम रहेका सेयरधनीको हिसाबमा भने यो बोनस बम्पर हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस