Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा प्रयोग गरी ९० लाख चोरियो, प्रविधिमा पनि भएन सुरक्षा

मंगलबार, १० पुस २०७५, ११ : ५५ मा प्रकाशित

इसेवा प्रयोग गरी ९० लाख चोरियो, प्रविधिमा पनि भएन सुरक्षा

अर्थ संसार, काठमाडौं– इसेवा, ई–बैकिङ, मोबाइल बैकिङ प्रयोग गरी करिव राष्ट्रिय वाणिज्य बैंकबाट करिब ९० लाख रूपैयाँ चोरी गर्ने व्यक्तिलाई प्रहरीले समातेको छ ।

 इसेवा लगायत इबैकिङ प्रणालीको दुरुपयोग गरेको अभियोगमा प्रहरीले काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–१३ पेप्सीकोला बस्ने ४९ वर्षीय सञ्जयकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

राष्ट्रिय वाणिज्य बैकको मुख्य शाखा कार्यालय, विशालबजारमा यूएसडी खाता खोली ई–सेवा, ई–वैंकिङ, मोबाइल वैंकिङ लगाएत वालेट विद्युतीय उपकरणहरुको प्रयोग गरी उनले बैकिङ्ग प्रणालीको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

 आफ्नो यूएसडी खातामा अनधिकृत रुपमा ७८ हजार ३८० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिन एटीएम तथा पीओएस मेशिन प्रयोग गर्ने कार्यमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको