Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल दूरसञ्चार प्राधिकरणका विवादास्पद अध्यक्ष दिगम्बर झाले दिए राजिनामा

बुधबार, ११ पुस २०७५, १९ : १६ मा प्रकाशित

नेपाल दूरसञ्चार प्राधिकरणका विवादास्पद  अध्यक्ष दिगम्बर झाले  दिए राजिनामा

अर्थ संसार, काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले  बुधबार साँझ राजीनामा  दिएका छन्।

नेकपाको स्थायी समितिको बैठकमा विवादास्पद व्यक्तिलाई प्राधिकरणको अध्यक्ष बनाएको बन्दै नेताहरुले सरकारको चर्काे आलोचना गरेपछि झाको राजिनामा आएको हो । प्राधिकरणमा रहँदा अनेकन विवादास्पद काम गरेको भन्दै झामाथि कारवाहीको माग हुँदै आएको थियो ।

बुधबार साँझ नै सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजिनामा बुझाएका हुन् ।झालाई सरकारले गत भदौ २१ गते प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको