Like us!
Follow us!
Connect us!
Watch us!

ब्याट्री समस्याले हैरान हुनुहुन्छ ? समाधानःओपोको सुपर भोकचार्जिङ प्रविधि

सोमबार, १६ पुस २०७५, १८ : ३० मा प्रकाशित

ब्याट्री समस्याले हैरान हुनुहुन्छ ? समाधानःओपोको सुपर भोकचार्जिङ प्रविधि

अर्थ संसार, काठमाडौं– अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको छ । अत्यावश्यक अवस्थामा फोनको ब्याट्री सकिने समस्याबाट सम्भवतः हामी सबै अभ्यस्त छौँ । ब्याट्री समस्या झेल्न नपरोस् भन्ने सोचका साथ हामीमध्य अधिकांश अझैपनि पावर बैंक तथा चार्जर साथमै बोकेर हिँड्छौँ । कुनै ठाउँमा आराम गर्दा चार्जिङ पोर्ट खोज्नु हामीमध्य अधिकांशको बानी झैँ भइ सकेको छ ।

यस्तै अवस्थालाई दृष्टिगत गर्दै समाधान दिने सोचका साथसन् २०१४ मा ओपोले आफ्नो ‘प्रोप्राइटरी र्यापिड चार्ज’ प्रविधि, भोक फ्ल्याश चार्जको घोषणा गर्दा धेरैका लागि खुशीको खबर बन्नपुग्यो । साधारण ५भी\१ए चार्जरका तुलनामा भोक फ्ल्याश चार्जले चार गुणा तिब्र गतिमा चार्जिङ सुविधा दिने क्षमता राख्छ । यही क्षमताका कारण ओपोको यो प्रविधिले निकै लोकप्रियता समेत पायो । ब्राण्डका अनुसार हाल विश्वबजारमा १० करोड भन्दा बढी यो प्रविधि सुसज्जित फोनहरु विक्रि भइसकेका छन् ।
कम्पनीको प्रगतियती मै रोकिएन । सन् २०१६ मा कम्पनीले भोकको परिस्कृत भर्जन सुपर भोक प्रविधि सार्वजनिक गर्यो । अहिले विश्व बजारमा स्मार्टफोनका लागि यो नै सर्वाधिक तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने प्रविधिका रुपमा विद्यमान छ ।
अध्ययन : सुपर भोक पूर्ण सुरक्षित

तिब्र गतिमा चार्जिङ सुविधा उपलब्ध गराउने १०भी/५ए (५० वाट)को सुपर भोक चार्जर प्रयोगका लागि सुरक्षित छ त ?विद्युतिय उत्पादनको सुरक्षा परिक्षण गर्ने अग्रणी जर्मन संस्था टीयूभी र्हायनल्याण्डले यो प्रविधि वास्तवमै सुरक्षित रहेको प्रमाणित गरेको छ ।

टीयूभी र्हायनल्याण्डले गरेका विभिन्न चरणबद्ध परिक्षणले ओपोको आर १७ प्रोमा उपलब्ध सुपर भोक प्रविधि‘हेभी ड्यूटी’ मात्र नभइचार्जिङ कार्यका लागि वास्तवमै निकै तिब्र र सटिक प्रविधि रहेको प्रमाणित गरिदिएको छ । संस्थाद्वारा आयोजित परिक्षणमा फोनको ब्याट्री लेभलमात्र १० मिनेटको चार्जमा ४० प्रतिशत सम्मपुगेको जानकारी दिइएको छ ।
 
उदाहरणका लागि सोच्नुस्, एकाविहानै तपाई कुनै अत्यावश्यक मिटिङमा जानु पर्नेछ । तर, तपाईको फोनको ब्याट्री मिटरले जम्मा १०% ब्याट्री बाँकी रहेको बताइरहेको छ । यस्तोमा तपाईँले आफ्नो विहानीको कफी पिउँदै गर्दा फोनको ब्याट्री ५० प्रतिशत सम्मचार्ज गर्न सक्नु हुनेछ । यो प्रविधि निरन्तर काममा ब्यस्तरहने तथा कामकालागि फोनको अटूट प्रयोग गरिरहनु पर्नेहरुका लागि वरदान नै हो । नेपालमा पनि मध्यदिसेम्बरमा सार्वजनिक सुपर भोक सुसज्जित आर १७ प्रोले स्मार्टफोन प्रयोगकर्ताहरुमाझ निकै लोकप्रियता र चर्चा कमाइरहेको छ ।

स्मरण योग्य कुरा, टीयूभीले अहिले सम्ममात्र ३ ओटा मोबाइलफोन प्रविधि\उत्पादनलाई मात्र मान्यता प्रदान गरेको छ । तीमध्यदूई ओटा ओपो आर१७प्रो र फाईन्ड एक्सका लागि सुपर भोक फ्ल्यास चार्ज रहेका छन् ।

5c2a124b46c62.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको