Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक व्यापार : निर्यातको तुलनामा आयात उच्च

मंगलबार, १७ पुस २०७५, ११ : ५८ मा प्रकाशित

वैदेशिक व्यापार : निर्यातको तुलनामा आयात उच्च

अर्थ संसार, काठमाडौँ– नेपालले छ रुपैयाँ बराबरको सामान निर्यात गर्दा रु ९४ बराबरको आयात हुँदै आएको तथ्याङ्क सार्वजनिक भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कले निर्यातको तुलनामा आयातको मात्रा बढी रहेको देखाएको हो । केन्द्रकाअनुसार कूल व्यापारमा निकासीको मात्रा पाँच दशमलव आठ प्रतिशत छ भने आयात ९४ दशमलव दुई प्रतिशत छ ।

चालू आवको पाँच महीनाको अवधिमा कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव तीन प्रतिशतले वृद्धि भई रु छ खर्ब ४४ अर्ब ५० करोड पुगेको छ । पाँच महीनाको अवधिमा कूल निर्यात १२ दशमलव तीन प्रतिशतले वृद्धि भई रु ३७ अर्ब ५० करोड हुँदा आयात भने ३३ दशमलव आठ प्रतिशतले बढेर रु छ खर्ब सात अर्ब पुगेको छ । आव २०७४÷७५ को पाँच महीनाको अवधिमा निर्यात र आयात व्यापारको अनुपातमा समेत उच्च वृद्धि भएको छ ।

निर्यातको तुलनामा आयातको मात्रा बढेका कारण मुलुकको व्यापार घाटासमेत बढ्दै गएको केन्द्र्रले जनाएको छ । मुलुकका लागि अति आवश्यक वस्तु जस्तै पेट्रोलियम पदार्थ, विकास निर्माणका लागि चाहिने फलाम तथा स्टीलका उत्पादन, निर्माण उपकरण तथा अन्य यन्त्र र तिनका सामान मुलुकमा उत्पादन नहुने तर नभई नहुने यातायातका साधान, विद्युतजन्य उपकरण तथा हवाईजहाज तथा तिनका सामानको आयात बढेको छ ।

नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य वस्तुको आयात यस अवधिमा  करीब  १४ प्रतिशतले वृद्धि भएको छ । यस्तै सुन चाँदी जस्ता वस्तुको आयातको हिस्सा पनि नेपालको कूल व्यापारको लगभग चार प्रतिशतको हाराहारीमा छ । समीक्षा अवधिमा कृषिजन्य वस्तुको निर्यातमा २६ प्रतिशतको वृद्धि भई रु ११ अर्ब ४४ करोड पुगेको छ । साथै परम्परागत रुपमा निकासी भई रहेका गैरकृषिजन्य वस्तु ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुमा उल्लेख्य वृद्धि भएकोले मुलुकको समग्र निर्यातमा सुधार देखिएको छ ।

निर्यातको आयतन पहिल्यैदेखि आयातको तुलनामा धेरै सानो भएको हुँदा यस वृद्धिले मुलुकको निर्यात आयात अनुपातलाई सुधार गर्न खासै योगदान दिन सकेको छैन । नेपालको वैदेशिक व्यापारको देशगत संरचना गन्त्व्यका दृष्टिले नेपालको निर्यात व्यापारमा भारतको हिस्सा उल्लेख्य छ ।

अन्य प्रमुख गन्तव्य मुलुकमा संयुक्त राज्य अमेरिकामा १२ प्रतिशत, जर्मनी चार प्रतिशत बेलायत चार प्रतिशत र टर्की तीन प्रतिशत छन् । भारततर्फको निकासीमा २० दशमलव ५ प्रतिशतले वृद्धि भई रु २१ अर्ब ९२ करोड पुगेको छ । भारतमा निकासी भएका प्रमुख वस्तुमा चिया, जुस, फलाम तथा फलामका उत्पादन, कपडा, जुटका उत्पादन, अलैंची छन् । यस्तै संयुक्त राज्य अमेरिकातर्फको निर्यातमा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार अर्ब ६८ करोड पुगेको छ । अमेरिका निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्ट, छुर्पी, टोपी र ग्लासवेयरलगायत छन् ।

यो पनि पढुनुहोस्

नेप्सेमा नेपाल कम्यूनिटी, सिटिजन्स, सांग्रिला, हाइड्रोइलेक्ट्रीसिटी र समीटको शेयर मूल्य समायोजन

१५ करोड बराबरको आइपिओ बिक्री गर्दै चन्द्रागिरी केवलकार

एनएमबी, लक्ष्मी, सीबीआईएल र एनआईसी एसिया क्यापिटललाई सेबोनको कारवाही, किन ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको