Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता

मंगलबार, १७ पुस २०७५, १८ : ०० मा प्रकाशित

जनता बैंक  र सिटिजन लाइफ इन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता

अर्थ संसार,काठमाडौं- जनता बैंक नेपाल लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडबिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई  एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्योरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा मंगलबार सिटिजन लाइफ इन्स्योरेन्ससँग  संझौता सम्पन्न भएको  बैंकले जनाएको छ ।

जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवाप्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको