Like us!
Follow us!
Connect us!
Watch us!

मिस नेपाल श्रृखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर (फोटो फिचरसहित)

बुधबार, १८ पुस २०७५, १८ : २२ मा प्रकाशित

मिस नेपाल श्रृखला खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडर (फोटो फिचरसहित)

अर्थ संसार, काठमाडौ – राष्ट्रिय बाणिज्य बैंकले आफ्नो ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१८ श्रृङखला खतिवडा नियुक्त गरेको छ ।

बैंकले आफ्नो यवसाय प्रवद्र्धनको लागि मिस नेपाल–२०१८श्रृंखला खतिवडालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गरेका हुन ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई नियुक्त गरिएको बताए ।

 बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले श्रृङखलालाई ब्राण्ड एम्वास्डरमा रोजेको उनले बताए । दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीेले सरकारी बैंकसँगकोे सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको बताए ।

सो कार्यक्रममा मिस नेपाल २०१८ श्रृंखला खतिवडाले आफु सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुसी भएको बताइन । श्रृङखला बैकिङ क्षेत्र बहालवाला मिस नेपालकोे तर्फबाट पहिलो व्राण्ड एम्बास्डर बनेकी हुन ।

5c2cb94c33c15.jpg 5c2cb94c6098e.jpg 5c2cb94d4f74f.jpg 5c2cb94dba8ef.jpg 5c2cb94e8c1d3.jpg 5c2cb94ebaab5.jpg 5c2cb94ff0119.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको