Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि : ल्याऔं रेल ! पठाऔं तेल !! रोकौं विदेशिने युवाको भेल !!!

विहीबार, १९ पुस २०७५, १० : ५७ मा प्रकाशित

समृद्धि : ल्याऔं रेल ! पठाऔं तेल !! रोकौं  विदेशिने युवाको भेल !!!

रसुवाको चट्टान चिरी चीनबाट ल्याउ रेल।
त्यही रेलमा  पठाऊँ हामी चितवनको सर्सिउँ तेल।।
रोकौँ विदेशी षड्यन्त्र, पौढौँ समृद्धिको समुन्द्र
खुल्नेछ समृद्धिको गेट, अब कसैको हुने छैन भोको अनि  नाङ्गो पेट ।।।

कति जाने हाम्रा युवा मलेसिया र खाडीतिर।
लागौँ अब कोदालो लिएर आफ्नै भीर पाखा  झाडितिर ।।
फलाउ अन्न लटरम्म भरतपुर र  माडीतिर ।।।

रोपौँ आलु र  तोरी,  बन्द गरौ  राजनीतिको खेल फोहोरी।
जागौँ जाँगरिला नेपाल आमाका बहादुर  छोराछोरी।।
बनाऔँ नेपाल आफ्नै गाउँघरमा गोठ अनि भकारी सोहोरी।।।

धेरै भयो खुट्टा तान्ने राजनीतिको सदाबहार खेल। 
विकाशका लागि  रोकौँ अब विदेशिने जवानहरूको भेल।। 
एकजुट होऔँ, देखाऊँ हामी भाइचारा र राष्ट्रियतमा मेल।।। 

जनताको सपनमा लागिरहे धक्काहरू। 
रोक्नुपर्छ भाइ भाइ लडाउने विदेशी षडयन्त्ररूपी चक्काहरू।।। 
बनाउनु छ राष्ट्रियताका  नहल्लिने पक्काहरू।।। 

देखेका छौँ हामीले स्विजरल्यान्ड, सिड्नी अनि सिङ्गापुर।

सुरु गरौँ देश बनाउन पर्यटक ल्याई   बन्दिपुर।। 
रोजगारीको सिर्जना गर्न गरौ अब छिट्टै सुर।।।

अघिकारसहित गएको छ गाउँगाउँमा सिंहदरबार। 
बस्नुपर्ने छैन गरिब भई कसैलाई विनाघरबार।। 
लागौँ अब देश बनाउन हर समय हर प्रहर।।। 
    
रोकौँ विदेशी षड्यन्त्र, पौढौँ समृद्धिको समुद्र। 
खुल्नेछ समृद्धिको गेट, अब हुनेछ विदेशिएका छोरा र बाआमाको भेट।। 
कसैको हुने छैन यो गणतन्त्रमा भोको अनि नाङ्गो पेट।।। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको