Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशूली जलविद्युत् गृहको मर्मत शुरु

शुक्रबार, २० पुस २०७५, १६ : ३५ मा प्रकाशित

त्रिशूली जलविद्युत् गृहको मर्मत शुरु

अर्थ संसार, बेत्रावती– नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पुर्याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ ।

मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पु¥याइरहेको केन्द्र प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्पादन गृहमा आगोले पु¥याएको क्षतिको पूर्ण रुपमा मर्मत गर्न करीब एक साता लाग्ने देखिएको छ । “प्राविधिकले काम शुरु गरिसकेकाले मर्मतलाई तीव्र बनाएका छौँ ।” भट्टले भन्नुभयो, “आगोले क्षति पुगेको ब्रेकरको मर्मत गरी बन्द रहेको केन्द्र सञ्चालनका लागि प्राविधिकको टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।”

बुधबार साँझ लागेको आगलागीपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र र सोही केन्द्रको सहायक योेजनाको रुपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रको हालको उत्पादन बन्द छ । त्रिशूली उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर लागेको आगोले ब्रेकर नं ६ मा रहेको ६ दशमलव ६ केभीको जेनेरेटर जलेर क्षति भएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको