Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको सहयोगमा क्यान्सर र आँखा शिविर

आइतबार, २२ पुस २०७५, ११ : ३० मा प्रकाशित

मेगा बैंकको सहयोगमा क्यान्सर र आँखा शिविर

अर्थ संसार, काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ ।

नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैंकले जनाएको छ ।

काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्य सहभागिता थियो । यसैगरी, महिला तथा पुरुष दुबैका लागि आयोजना गरिएको आँखा शिविरबाट सयौंंले परामर्श र उपचार पाएका छन् । शिविरमा मेगा बैंकका ग्राहक तथा उनीहरुका परिवारको बढी सहभागिता थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको