बुधबार, ०४ असार २०७६
राष्ट्र बैंकले आज ४ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै
सोमबार, २३ पुष २०७५

अर्थ संसार, काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved