Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्र "समर लब" काे ट्रेलर सार्वजनिक (भिडियोसहित)

सोमबार, २३ पुस २०७५, १६ : ४६ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ - सुबिन भट्टराईको चर्चित उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र "समर लब" काे ट्रेलर सार्वजनिक भएको छ l राजधानीको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरि चलचित्र "समर लब" काे ट्रेलर सार्वजनिक गरिएको हो l निकैनै आकर्षक ढंग बाट ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाइ प्रस्तुत गरिएको छ l 

चलचित्रमा सुरज सिंह ठकुरी, आसिश पिया, रेवती क्षेत्रि, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिक लगायतले अभिनय गरेका छन् l

 सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन् l ब्यबसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल  ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र "समर लब" लाइ निर्देशन गरेका हुन् l  वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रो सँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीहरुको मन जित्ने कुरमा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराएका छन् ।

भिडियो हेर्नुहोस :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको