Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकले ३ प्रतिशतमै कर्जा दिने, कर्जा लिन कागजात के- के चाहिन्छ ?

मंगलबार, २४ पुस २०७५, १३ : २१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकले ३ प्रतिशतमै कर्जा दिने,  कर्जा लिन कागजात के- के चाहिन्छ ?

अर्थ संसार, काठमाडौं–   बैंकबाट सस्तोमा कर्जा लिई स्वदेशमै व्यवासय गर्ने सोचमा हुनुहन्छ ? यदि त्यस्तो सोचमा हुनुहन्छ भने तपाईलाई राष्ट्रिय वाणिज्य बैंकले साथ दिने छ ।

राष्ट्रिय वाणिज्य बैंकले अधिकतम ३.३३ प्रतिशत ब्याजदरमै कर्जा दिन  पुष २३ गते अर्थात आजदेखि सुरु गरेको छ । बैंकले सरकारले ल्याएको एकीकृत सहुलियत कर्जा कार्यक्रमसँग सम्बन्धित परियोजना धितोमा प्रदान गरिने कर्जाको वितरण  सुरु गरेको हो ।

सोमबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले  भीमप्रसाद अधिकारीलाई शिक्षित युवा स्वरोजगार कर्जा र रजनी आयुलाई उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाको चेक हस्तान्तरण गरेर कर्जा कार्यक्रमको सुरुवात गरेका थिए ।

कति प्रतिशत व्याजदर ?

बैंकले भुकम्पपीडितहरुको निजी आवास निर्माण, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परिचालन कर्जा, दलित समुदाय विकास कर्जा, महिला उद्यमशील कर्जा र व्यवसायिक कृषि तथा पशुपन्छी शीर्षकको कर्जामा ३.३३ प्रतिशत र महिला उद्यमशीलता कर्जामा २.३३ प्रतिशत कर्जासहित अधिकतम ५ करोडसम्म कर्जा उपलब्ध गराउनेछ ।

कर्जा कति लिन पाइन्छ ?

उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि अधिकतम ३ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि अधिकतम ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि अधिकतम १० लाख, दलित समुदाय विकास कर्जाका लागि अधिकतम १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि अधिकतम ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरेको छ ।

जसका लागि आफूले लिन चाहेको कर्जाको प्रकार, रकम र आवश्यक कागजातसहित आफ्नो नजिकको शाखामा आवेदन दिनुपर्नेछ ।

आवश्यक कागजात यि हुन ?

5c3453e295acf.jpg 5c3453e65779d.jpg 5c3453e871c77.jpg 5c3453eb0edf5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको