Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पपीडितबाट अनुदान फिर्ता

मंगलबार, २४ पुस २०७५, १६ : ०५ मा प्रकाशित

भूकम्पपीडितबाट अनुदान फिर्ता

अर्थ संसार, सोलुखुम्बु– भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन् ।

पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर तत्काल घर निमार्ण गर्न नसक्ने भन्दै अनुदान रकम फिर्ता गर्नुभएको प्राधिकरणका सामाजिक परिचालक माया शेर्पाले जानकारी दिनुभयो ।

विसं २०७२ को भूकम्पले लिखुपिके गाउँपालिका साविक गोली–९ का जाङ्बु शेर्पाको घर सर्वेक्षणको क्रममा पूर्णक्षतिमा परेको थियो । “आफ्नो घर पूर्ण क्षतिमा पर्यो, अनुदान पाइन्छ भनेर सबैले भने ।” शेर्पाले भन्नुभयो, “मैलेपनि अनुदान बुझे अहिले तत्काल घर बनाउन नसके राज्यले दिने सेवा सुविधा कटाउँछ भनेको सुनेपछि रकमनै फिर्ता गरेको हो ।” पूर्ण क्षतिमा परेको भए पनि तत्काल घर बनाउन नसक्ने भएपछि अनुदान रकम फिर्ता गरेको शेर्पाले बताउनुभयो ।

अहिलेसम्म सोलुखुम्बुमा अनुदान रकम फिर्ता गर्ने तीनजना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । सोलु दूधकुण्ड नगरपालिका–११ का बलबहादुर कार्की र सोलु दूधकुण्ड नगरपालिका– ६ का छिरिङ शेर्पाले यस अघिनै पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरिसकेका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको