Like us!
Follow us!
Connect us!
Watch us!

बूढीगङ्गाले कर घटाउने

बुधबार, २५ पुस २०७५, १३ : २५ मा प्रकाशित

बूढीगङ्गाले कर घटाउने

अर्थ संसार, पथरी–  बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो । “उद्योगबाट लिँदै आएको व्यवसाय कर यसै आर्थिक वर्षदेखि हटाउँछौँ,” उहाँले भन्नुभयो । मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले व्यवसाय कर घटाउन बारम्बार दबाब दिँदै आएको थियो ।

अब कुटिर उद्योगले वार्षिक रु पाँच हजार कर तिर्नुपर्नेछ । यसअघि ती उद्योगले रु १० हजार तिर्दैआएका थिए । बूढीगङ्गामा १६ घरेलु उद्योग छन् । साना उद्योगले अब वार्षिक रु ५० हजार मात्रै कर तिनुपर्ने छ । यसअघि रु एक लाख व्यवसाय कर तिर्दै आएका थिए । बूढीगङ्गामा ५४ साना उद्योग रहेको प्रमुख प्रशाशकीय अधिकृत विनोद न्यौपानेले बताउनुभयो । यहाँ १९ मझौला उद्योग छन् ।

गाउँपालिकामा रहेका ठूला उद्योग आरती स्ट्रिप्स, पायनियर वायर, प्रिमियर वायर, नेपाल लिकर्स, हुलास वायर, अल्ट्राटेक बन्धन सिमेन्ट र स्वस्तिक आयललाई प्रतिउद्योग रु पाँच लाख व्यवसाय कर तोकिएको न्यौपानेले बताउनुभयो । गाउँसभाले पारित गरेपछि मात्र आर्थिक ऐन संशोधन हुन्छ । व्यवसाय करको परिमार्जित दर लागू हुन्छ । व्यवसाय करलाई माघमा हुने अर्को गाउँसभाले परिमार्जन गर्ने अध्यक्ष चौधरीले बताउनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले अन्य करसमेत घटाउन माग गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको