Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा झिनो अंकको सुधार

बुधबार, २५ पुस २०७५, १७ : ३१ मा प्रकाशित

शेयर बजारमा झिनो अंकको सुधार

अर्थ संसार, काठमाडा – धितोपत्र बजारमा आज शेयर २ दशमलव २९ अंकले बढेर १ हजार १ सय ७९ दशमलव ३६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ४२ अंकले बढेर २ सय ५० दशमलव २६ को बिन्दुमा पुगेको छ ।

आज कुल १ सय ६६ कम्पनीको १५ लाख १३ हजार ९१२ कित्ता शेयर खरिदबिक्री भई रु  ३४ करोड ७८ लाख ७९ हजार ४६९ बराबरको  कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयरको भएको छ । जसको आज ५ करोड ८६ लाख ३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै आज बढी  कमाउनेमा आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ९७ प्रतिशतले वृद्धि गरेको छ ।

बढी  गुमाउनेमा हाथवे फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव २ प्रतिशतले घटेको छ । यस दिन १० वटा समूहहरुमा ८ वटा समूहहरु बढेका छन् भने बाँकी २ वटा समूहरु घटेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको