Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय रुपमा कमजोर कम्पनीको शेयर : पैसा मात्रै होल्ड, छैन लगानीकर्तालाई फाइदा

विहीबार, २६ पुस २०७५, ०८ : २२ मा प्रकाशित

वित्तीय रुपमा कमजोर कम्पनीको शेयर : पैसा मात्रै होल्ड, छैन लगानीकर्तालाई फाइदा

अर्थ संसार, काठमाडौँ - पछिल्लो समयमा कमजोर रेटिङ भएका कम्पनीले साधारण शेयर बिक्री गर्ने गरेको पाइएपछि नेपाल धितोपत्र बोर्डले त्यसलाई कडाइ गरेको छ ।

पछिल्लो पटक साञ्जेन जलविद्युत् कम्पनीको समेत वित्तीय अवस्था कमजोर रहेको पाइएको छ । इक्रा नेपालले गरेको रेटिङमा सो कम्पनीले समेत वित्तीय अवस्था कमजोर रहेको पाएको छ । इक्राको रेटिङमा साञ्जेनको रेटिङ ग्रेड ४ पाएको छ । यस्तै पछिल्लो पटक रेटिङ भएको शुभम् पावरको  अवस्था समेत कमजोर रहेको पाइएको छ ।

शुभम पावरले ग्रेड पाएको छ । त्यो भनेको वित्तीय रुपमा असाध्यै कमजोर छ भन्ने हो । वित्तीय रुपमा कमजोर रहेका कम्पनीले साधारण शेयर बिक्री गर्दा त्यसको प्रतिफल लगानीकर्तालाई असाध्यै कम मात्रै हुने देखिएको छ ।

इक्राले मेरो माइक्रोफाइनान कम्पनीको पनि हालैमात्र रेटिङ गरेको छ । सो कम्पनलिे पनि वित्तीय रुपमा कमजोर रहेको पाइएको छ । सो कम्पनीले ग्रेड चार पाएको छ ।

यस्तै माउन्टेन हाइड्रोले पनि कमजोर रेटिङ अर्थात् ग्रेड चार पाएको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि वित्तीय रुपमा कमजो रहेको रेटिङ पाएको छ । सो कम्पनीले ग्रेड चार पाएको छ । यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको घलेम्दी हाइड्रोले पनि ग्रेड पाँच अर्थात् वित्तीय रुपमा कमजोर रहेको रेटिङ पाएको छ ।

मल्टीपर्पोज फाइनान्स कम्पनलिे पनि कमजोर वित्तिय अवस्था रहेको देखाएको छ । सो कम्पनीले पनि ग्रेड चार पाएको छ । कमजोर रेटिङ भएका कम्पनीले साधारण शेयर, थप सार्वजनिक निश्कासनमा लगानीकर्तालाई कुनै पनि प्रकारको फाइदा हुँदैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको