Like us!
Follow us!
Connect us!
Watch us!

मङ्गोलिया वार्षिक १ लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने

विहीबार, २६ पुस २०७५, ११ : ४८ मा प्रकाशित

मङ्गोलिया वार्षिक १ लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने

उलान बाटोर मासु निर्यातमा अब्बल मानिएको मङ्गोलियाले पछिल्लो एक वर्षमा एक लाख ८० हजार टन मासु निर्यात गर्नसक्ने अवस्थामा पुगेको छ ।

खाद्य, कृषि र उद्योग मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार देशबाट मासु निर्यात गर्न सकिने पूरा क्षमता एक लाख ८० हजार टन हो ।

पछिल्ला वर्षहरूमा मङ्गोलियाबाट निर्यात गरिने मासुको परिमाणमा वृद्धि भएको छ, मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उनले सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा धेरै ५४ हजार ९०० टन मासु तथा मासुजन्य पदार्थ निर्यात गरेको पनि जानकारी दिए ।

मासु मङ्गोलियाको मुख्य उत्पादन मानिन्छ । यहाँको मासुको मूल्य पनि सामान्य रहेको छ । रासस÷सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको