बिहिबार, ०७ चैत २०७५
दलाल पूँजीवादबाट समाजबादको यात्रा : कति सहज ?
बिहिबार, ०३ माघ २०७५

संविधानले अबको अर्थ राजनीतिको दिशा समाजवादको यात्रा हुनेछ भनेर प्रस्तावनामा नै उल्लेख गरेको छ । अब नेपालमा समाजवादमा जाने बाटो के हो ? नेपाली अर्थ राजनीतिमा दलालपूँजीवाद हाबी हुँदै गएको स्थितिमा कसरी समाजवादको यात्रा तय होला ? आज सर्वत्र चासो र जिज्ञासा हुन थालेको छ ।

समाजवादी व्यवस्था जहाँँ योग्यता अनुसारको काम र रोजगारीको अवसर प्राप्त हुन्छ । श्रमको उचित मूल्य प्राप्त हुन्छ । श्रम गर्न सामथ्र्य राख्नेहरुलाई फलदायी रोजगारी र समाजका जेष्ठ नागरिक, अन्धा अपाङ्ग, जो शारिरिक श्रम गर्न असमर्थ हुन्छन, उनीहरुलाई सामाजिक सुरक्षाका सुविधा प्रदान गरिन्छ, जसले उनीहरुको जीवन यापन, स्वास्थ्य उपचार, मनोरन्जनका सुविधालाई सुनिश्चित गर्दछ ।

यतिखेर मुलुकको अर्थतन्त्र अत्यन्तै निराशाजनक अवस्थाबाट गुज्री रहेको छ । ४० को दशक देखी मुलुकमा खुल्ला एवं  उदार अर्थनीतिलाई अवलम्बन  गर्न थाले  यताको साढे तिन दशकमा भएका आर्थिक क्रियाकलापले देशलाई आत्मनिर्भर होइन पर निर्भर बनाउँदै लगेको छ ।

समाजमा विद्यमान बेरोजगारीको स्थितिको अन्त्य गरि आर्थिक समानता र सामाजिक न्यायको सुनिश्चितता संगै उच्च र दिगो आय बृद्धि बाट सम्बृद्धि  हासिल गर्दै समाजवाद प्राप्तीको दिशामा अगाडी जाने जुन बाटो छ, मुलुकको वर्तमान आर्थिक अवस्थाको कारणले अवरोध सृजना गरेको छ ।

यतिखेर मुलुकको अर्थतन्त्र अत्यन्तै निराशाजनक अवस्थाबाट गुज्री रहेको छ । ४० को दशक देखी मुलुकमा खुल्ला एवं  उदार अर्थनीतिलाई अवलम्बन  गर्न थाले  यताको साढे तिन दशकमा भएका आर्थिक क्रियाकलापले देशलाई आत्मनिर्भर होइन पर निर्भर बनाउँदै लगेको छ । यसो हुनुमा उदार अर्थनीतिले राज्यले उत्पादन, वितरण र सेवा क्षेत्रबाट क्रमशः हात झिक्नु पर्दछ भन्यो र यि सबै काम नीजि क्षेत्रले गर्दछ भनेर अर्थतन्त्रलाई खुल्ला छोडियो । तर उदारीकरणले देशमा विकास गर्नुको सट्टा दलाल पुँजीको विकास गर्न थालेको छ ।

देशभित्र उत्पादनशील उद्योग र व्यवसायको विकास नहुँदा ५० लाख भन्दा बढी युवा बेरोजगारहरु रोजगारीको खोजीमा विदेश तिर जान बाध्य भएका छन् । दलालपुँजीवादको विशेषता भनेकै विदेशी पुँजी र उत्पादनमा श्रम गर्न बाध्य बनाउने काम हुन्छ ।

उदारीकरण नीतिमा जहाँ नाफा हुन्छ, जहाँ थोरै श्रमिक र थोरै तलब सुविधा दिए हुने क्षेत्रमा  नीजि क्षेत्रले हात हाल्यो । यस क्रममा उद्योगधन्दा खोलेर उत्पादन र रोजगारी बृद्धि गर्नुको सट्टा व्यापार गरेर कमिसन र मुनाफा कमाउने तर्फ नीजि क्षेत्र लाग्यो । यही देखि नै दलाल पुँजीको विकास हुन थाल्योे । देशमा बहुराष्ट्रिय  निगमका कम्पनीले उत्पादन गरेका बस्तु  भित्रिन थाल्योे र बजारमा विदेशी बस्तु छ्यापछ्याप्ती हुन थाल्योे ।

विदेशी बस्तुको तुलनामा स्वदेशी उत्पादित बस्तुहरु महंगो कच्चा पदार्थका कारण महंगो  हुन थाले । स साना उद्योग, मझौला  उद्योग क्रमशः धारासायी हुन  थाले, नयाँ उद्योग धन्दा खोल्नु भन्दा व्यापार गरेर नै मुनाफा कमाउने व्यापारिक नीतिका कारण अहीले मासिक झण्डै १ खर्बको हाराहारीमा व्यापार घाटा पुगेको छ, यता निर्यात व्यापार आयात व्यापारको तुलनामा नगन्य छ । आयात व्यापार र निर्यात व्यापारको अनुपातको खाडल झन झन बढ्न थालेको छ । कुल गाहस्र्थ उत्पादन ३० खर्बको हाराहारीमा रहेकोछ, तर बस्तु आयातमा १२\१३ खर्बको रकम विदेशीने गरेकोे छ ।

देशभित्र उत्पादनशील उद्योग र व्यवसायको विकास नहुँदा ५० लाख भन्दा बढी युवा बेरोजगारहरु रोजगारीको खोजीमा विदेश तिर जान बाध्य भएका छन् । दलालपुँजीवादको विशेषता भनेकै विदेशी पुँजी र उत्पादनमा श्रम गर्न बाध्य बनाउने काम हुन्छ । यसरी बैदेशीक  रोजगार गरेर प्राप्त भएको रेमीटान्सले अर्थतन्त्र धानेको भनिए पनि ९० प्रतिशत भन्दा बढी रेमिट्यान्स रकम उपभोग्य क्षेत्रमा नै खर्च हुने गरेको छ ।

यसो हुनुमा जनताका आधारभूत आवश्यकताका बस्तु तथा सेवाहरु, शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, सार्वजनिक यातायातका क्षेत्रमा व्यापारीकरण र नीजिकरण भएको छ । यसै भएर महंगो मूल्यमा  यी बस्तु खरीद गनुृपर्ने हुँदा उपभोग खर्च बढेर गएको हो ।  देशमा ८ खरबको हाराहारीमा मात्र राजश्व उठती हुने र सो बराबरको रकम नै साधारण खर्च हुने गरेको कारण  विकास निर्माणका लागि राजश्वबाट राष्ट्रियपूँजी नै निर्माण नहुने स्थिति बन्दै गएको छ ।

दलाल पूँजीले एकाधिकार, र कार्टेलिङलाई प्रोत्साहन गर्दछ । थुप्रै विकास निर्माणका ठेक्का पट्टा एक जना मात्र व्यक्तिले प्रशासन र राजनीतिज्ञको सहयोग लिएर हत्याउने, तर समयमा योजना पुरा नगर्ने, गुणस्तरहिन ढंगले विकास निर्माणका कार्यसम्पादन गर्ने र यसको सरकारी अनुगमनलाई फितलो बनाउने गरिन्छ । 

यसरी एकातिर देशमा भएको रकम विदेशी बस्तु खरिद मै केन्द्रित हुन थाल्नु र यसले अर्को देशको उत्पादनमा सहयोग पुर्याउन थाले पछि दलाल पुँजीको शुरुवात हुन थाल्दछ । यसरी विदेशीएको पूँजीले नत उत्पादनमा, नत श्रममा नत रोजगारी बृद्धिमा नै सहयोग पुर्याउँदछ । यस्तो पूँजी नै दलाल पुँजीको हो । माक्र्सेली भाषामा भन्नु पर्दा विदेशी पूँजीको दलाली गर्ने र विदेशी माल बस्तुको विक्री वितरण  गरि कमीशन खाने र अधिकतम मुनाफा कमाउने गरि त्यस तर्फ लगानी गरिएको पूँजी नै दलाल पुँजी हो ।

यसरी व्यापार गर्दा कर छली गर्ने र कर मिनाहाका लागि कर्मचारी तन्त्र, राजनीतिज्ञ र प्रहरी प्रशासन सम्म कनेक्सन  खडा गरी अकुत धन सम्पत्ती कमाउने जुन प्रबृति बढेको छ, यही नै दलाल नोकरशाही पूँजीवादको विकास हो । यस्तो दलाली गर्नेहरुले  तल्लो तहको  प्रशासन, जन प्रतिनिधि देखी उच्च तहका प्रशासन, राजनीतिज्ञ, न्यायालय सबैतिर संन्जाल फैलाएका छन् । अदालतमा १०।१५ बर्ष भइ सक्दा पनी आर्थिक अनियमितता र घोटालाको विषयमा मुद्दा फैसला हुन नसक्नु यसको उदाहरण नै हो ।

दलाल पूँजीले एकाधिकार, र कार्टेलिङलाई प्रोत्साहन गर्दछ । थुप्रै विकास निर्माणका ठेक्का पट्टा एक जना मात्र व्यक्तिले प्रशासन र राजनीतिज्ञको सहयोग लिएर हत्याउने, तर समयमा योजना पुरा नगर्ने, गुणस्तरहिन ढंगले विकास निर्माणका कार्यसम्पादन गर्ने र यसको सरकारी अनुगमनलाई फितलो बनाउने गरिन्छ ।  नेपालमा केही उपभोग्य बस्तुको आयात गर्न एक दुईजना व्यापारीले मात्र लाईसेन्स पाउने र उनीहरुले नै बजारमा बस्तुको अस्वभाविक मूल्य तोकेर सर्वसाधारण  जनतालाई महंगो बस्तु खरिद गर्न बाध्य बनाउने जुन प्रबृत्ति छ, यो नै दलाल पूँजीको विकास हो ।

दलालपूँजीको विकास भएपछि  देशका ससाना उद्योग धन्दालाई धाराशायी बनाउने वा संरक्षण गर्ने र प्रोत्साहन दिने नीति नै ल्याउन नदिएर बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका माल वस्तुहरु देशभित्र भित्र्याउन मद्दत पुर्याउनका लागि नीति निर्माताहरुकोे एउटा हिस्सा लागि रहेकै हुन्छ।

नेपालबाट बर्षेनी ६६ अर्ब भन्दा बढी रकम पूँजी पलायन भएको तथ्य हालसालै उजागर पनि भएको छ। गैह्र, बैकिङ्ग प्रणाली (हुण्डी) बाट कारोबार गरेर राजश्व छली गर्दै सुन, लागु औषध, बन्यजन्तु, र अंगहरुको तस्करी, मानव बेचविखन, विदशी मुद्राको अवैध कारोबार, गर्नेहरुबाटै  यस किसिमको गतिविधि हुने गरेकोछ ।

यसरी आयातित महंगो बस्तु जनतालाई निरन्तर किन्न बाध्य बनाउने भएपछि सर्वसाधारणले आर्जन गरेको रकम प्रायः यस्तै महंगो मूल्यमा खरिद गर्नु पर्दा आम्दानी भएको रकम बचत  नहुने नै भयो यसै भएर हाम्रो देशमा बचत परिचालन दर ८÷१० प्रतिशतको हाराहारीमा मात्र रहेको छ । यसले गर्दा राष्ट्रिय पूँजी निर्माणको दर पनि न्युन रहेको छ । एकातिर राष्ट्रिय पूँजीको परिचालन दर न्युन हुने अर्को तिर दलालीका माध्यमबाट आर्जन भएको पूँजी राष्ट्रिय पुँजीको दायरामा नआउने अहिलेको अर्थतन्त्र भित्रको प्रमुख चुनौती भएको छ ।

अबैध ढंगले कमाएको पैसा स्वीस बैंकमा मात्रै नेपालीहरुको  ३७ अर्ब भन्दा बढी रकम जम्मा भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस्तै  नेपालबाट बर्षेनी ६६ अर्ब भन्दा बढी रकम पूँजी पलायन भएको तथ्य हालसालै उजागर पनि भएको छ। गैह्र, बैकिङ्ग प्रणाली (हुण्डी) बाट कारोबार गरेर राजश्व छली गर्दै सुन, लागु औषध, बन्यजन्तु, र अंगहरुको तस्करी, मानव बेचविखन, विदशी मुद्राको अवैध कारोबार, गर्नेहरुबाटै  यस किसिमको गतिविधि हुने गरेकोछ । यि सबै खुल्ला अर्थतन्त्रका नाममा भित्रिएका विकृती विसंगती हुन, जसले दलालपुँजीको विकास गरेको छ।

दलालपूँजीको विशेषता भनेकै कर छली गर्ने, कर मिनाहा गराउन राजनीतिज्ञ र कर्मचारीतन्त्रको सहारा लिने, उत्पादनशील एवं रोजगारी बृद्धि गर्ने तर्फ लगानी नगर्ने, आर्जन गरेको रकम देश भित्रै पुर्ण लगानी नगर्ने प्रबृत्ति रहन्छ । अर्थ शास्त्रीय भाषामा भन्नु पर्दा पुँजीले पूँजी पुनः उत्पादन गर्न सक्नु पर्दछ, यसो भयोभने त्यस्तो पूँजी उत्पादनशील पूँजी हुन्छ, जसलाई राष्ट्रिय पूँजीको रुपमा पुनः लगानी गर्न सकिन्छ ।

पैसा कमाउने (कर छली गरेर) तर उत्पादनशील क्षेत्रमा लगानी नगर्ने, यस्तो पूँजी दलालीको रुपमा विकास हुँदै जादा नेपालमा सम्पत्ती शुद्धीकरण  जोखिम सूचाकाङ्कमा सार्क मूलुक मध्ये अफगानिस्थान पछि दोस्रो जोखिम पूर्ण स्थानमा रहेबाट पनि नेपालमा अबैध कारोबारको आकार निकै ठूलो भएको र दलाल पूँजीको विकास तीब्ररुपमा बढ्दै गएको सहज अनुमान गर्न सकिन्छ।

 यसरी अर्थतन्त्रमा नवउदारबादका नाममा विकास भइ रहेको दलाल पुँजीवादले देशलाई समाजवादको यात्रा तफर्ः लैजान व्यवधान खडा गरि दिएको छ। तर समाजवादी व्यवस्था स्थापना गर्न अनेकौंघुम्ती, उकाली र ओरालीको यात्रा तय गर्नै पर्दछ ।  

अहिले राजनीतिक क्रान्ती सम्पन्न भएर मुलुक आर्थिक सामाजिक क्रान्तीको चरणमा रहेको छ । समाजवादी व्यवस्थामा जानका लागि पनि ३ चरणको यात्रा अहिले नै तय गर्नु पर्दछ। पहिलो, आर्थिक र सामाजिक क्षेत्रमा विद्यमान सामन्ती शोषण उत्पीडनको अन्त्य गर्ने यसका लागि व्यापक रुपमा आर्थिक सामाजिक रुपान्तरणका कार्यक्रम लागु गर्ने  र यस किसिमले विकास भएको दलालपूँजीलाई नियन्त्रण  गर्दै बचत परिचालनमा बृदि संगै राष्ट्रिय पूँजीको रुपमा विकास गर्ने दोश्रो, राष्ट्रिय पूँजीको निर्माण र विकास गरेर व्यापक रुपमा उत्पादन बढाउने औद्योगिकिकरणबाट  रोजगारी सृजना गर्ने, शिक्षा र स्वास्थ्यका साथै आवास, खाद्यान्न र खानेपानीको  आधारभूत बस्तु र सेवाहरु सर्वशुलभ ढंगले जनतालाई प्रदान गर्ने, सामाजिक सुरक्षाका सुविधाहरुबाट बृद्धबृद्धा अन्ध, अपाङ्गहरुको जीवनलाई समुखमय बनाउने, श्रमको उचित मूल्य सहित रोजगारीमा लाग्नेहरुको काम र जीवनलाई मर्यादित  बनाउने र तेश्रो, सिंगो समाजलाई समाजवादको दिशामा अगाडी बढाउन बैचारिक एव सामाजिक र साँस्कृतिक  सचेतनता र रुपान्तरणका कार्यक्रम लागु गर्ने काम गर्नु पर्दछ ।

समाजवादमा जादै गर्दा, देशलाई आत्मनिर्भर बनाउने गरि उत्पादन बृद्धि गर्ने, पूर्वाधारको व्यापक विकास र विस्तार गर्ने, सन्तुलित  विकासको अवधारणामा अनुरुप, आर्थिक बृद्धि गरेर सामाजिक न्याय, आर्थिक समानता र सम्बृद्धि प्राप्त गर्ने स्थितिको बिकास गर्नु पर्दछ।

देशलाई समाजवादको दिशामा अगाडी बढाउन जनताको सचेत पहल प्रयत्न हुनै पर्दछ। जनताको आधारभूत आवश्यकताका विषयहरु शिक्षा, स्वास्थ्यको सेवालाई निशुल्क र सर्वशुलभ बनाउने, आवास विहिनहरुलाई छाना भित्र ल्याउने गरी आवासको सुविधाको प्रत्याभूती, स्वच्छ खानेपानीको व्यवस्था र देशमा खाद्यान्न उत्पादन बृद्धि गरी सर्वशुलभ ढंगले आपूर्ति  गरी जनतालाई गुणस्तरीय  खाद्यान्न बस्तु सर्वशुलभ ढंगले  उपलब्ध गराउने, बेरोजगार जनतालाई रोजगारीको सुनिश्चित गराउने, जनताको मौलिक हकहरुको सुनिश्चितताको माग र आन्दोलनलाई जनताकै सचेत पहल र प्रयत्नमा राज्य समक्ष अगाडी सार्नु पर्दछ। यो काम राजनीतिक दलको काँधमा आएको छ। अझः विशेषत समाजवादको लक्ष्य लिएको बामपन्थी पार्टिको सामु यो अभिभारा आएको छ।

समाजवादमा लोकतन्त्रका मुल्यमान्यता सहितको स्वतन्त्रता र  जनताको रुची र छनौटको स्वतन्त्रताको सुनिश्चितता गर्नु पर्दछ । यसो भएको हुँदा प्रथमत : वामपन्थी दल भित्रै आन्तरिक जिवन लोकतान्त्रीक हुनु पर्दछ । समाजवादको सम्बाहक पार्टी भित्र लोकतन्त्रको प्रत्याभूती हुनु पर्दछ ।  छलफल सम्बाद, जनवाद, अनुशासन र स्वतन्त्रतालाई पार्टीको  आन्तरिक जीवनकै रुपमा अनुशरण गर्नु पर्दछ । अनि मात्रै सिंगो राज्य व्यवस्थालाई लोकतान्त्रकिरण र समाजवादीकरण गर्न मद्दत पुग्दछ । 

नेतृत्व छनौटमा कार्य सम्पादनको मापदण्ड स्थापित हुनु पर्दछ । तमाम पार्टी कार्यकर्ता लाई जनसेवा, उत्पादन र श्रम संग जोडेर यसेैका आधारमा कार्य सम्पादनको मूल्याकंन गर्ने परीपाटीको विकास गर्नु पर्दछ ।  आय आर्जनमा लागेका पार्टी कार्यकर्ताहरुले राज्यलाई तिर्नुपर्ने र कर तिरेको निस्साका आधारमा मात्र पार्टी भित्र र आम निर्बाचनमा उम्मेदवार हुन पाउने ब्यबस्था गर्नु पर्दछ कर छली गरेर अकुत सम्पत्ती कमाउने तर पार्टी र नेतृत्व यस प्रति बेखबर बन्न थाल्योे भने, समाजवाद स्थापनाको विषय केवल भाषणको विषयमात्र बन्न पुग्दछ । यसले दलालपुँजीको  नियन्त्रण र अन्त्य होइन, झन झन दलाल पुँजीको विकास गर्दछ । अतः समाजवादको यात्रालाई सहज बनाउन कार्य शैली र जीवनशैलीमा मै आमूल सुधार र परिवर्तनको खाँचो रहेको छ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved