Like us!
Follow us!
Connect us!
Watch us!

हवाई इन्धन मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

विहीबार, २६ पुस २०७५, १६ : ५८ मा प्रकाशित

हवाई इन्धन मूल्य प्रतिलिटर १० रुपैयाँले  घट्यो

अर्थ संसार, काठमाडौँ– सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर  १० का दरले घटाएको छ ।

साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो ।

घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको