Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको वार्षिक साधारणसभा : ३० प्रतिशत लाभांश पारित

विहीबार, २६ पुस २०७५, १८ : ५३ मा प्रकाशित

एनएमबि बैंकको वार्षिक साधारणसभा : ३० प्रतिशत लाभांश पारित

अर्थ संसार, काठमाडौं– एनएमबि बैंक लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न गरेको छ ।  आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न  भएको हो ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४\७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंककोउपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी  रु. ९. अरब  ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको