Like us!
Follow us!
Connect us!
Watch us!

‘आयल निगममा प्वालैप्वाल’

शुक्रबार, २७ पुस २०७५, ०९ : ०० मा प्रकाशित

‘आयल निगममा प्वालैप्वाल’

अर्थ संसार, काठमाडौं– आयल निगममा भएको अव्यवस्थालाई संकेत गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले यसभित्र प्वालैप्वाल रहेको बताएका छन्। वार्षिक खर्बौं रुपैयाँको कारोबार गर्ने निगमलाई सरकारले चलाए पनि छुट्टै निकायसरह भएको बताए ।

‘सरकारले चलाए पनि भित्र प्वालैप्वाल परको  छ । त्यसमा ढुवानीकर्ता, ड्राइभर, हाकिम, सचिव र मन्त्री सबैले चुहिने ठाउँमा भाँडो थाप्ने काम गर निगमको ४९ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले भने, ‘सबैले माथि नै भाँडो थाप्न थालेपछि तेल कम हुन्छ । कम हुँदा जनतालई मार पर्छ ।’

सबैको साथ र सहयोगमा प्वाल टाल्ने काम भइरहेको दाबी उनले गरे।’ निगमले इन्धन ढुवानीको क्रममा हुने चुहावट रोक्न लकिङ प्रणाली जडान गर पनि चोरी नराकिएको प्रसंग निकाल्दै उनले चोरको दिमाग तेज रहेको बताए । ‘सबैको सहमतिमा टाल्नेतिर
लागेका छौं । अझै पनि पूर टालिएको छैन,’ उनले भने, ‘टालिएकोबाट पनि चोरको ताला, बैमानका लागि कुन्नि के वाला भन्थे त्यस्तो भएको छ ।

चोरको दिमाग धेर तेज हुन्छ ।’ निगममा हुने विकृति/विसंगति नरोकिएसम्म कल्याण नहुने उनले बताए । ‘यहाँ मन्त्रीले पैसा मागे भन्ने कुरा पनि सुनिन्छ । हामी सबै गडबडमा सहभागी छौं,’ उनले भने । बिक्रेता विनियमावली परिमार्जन नगरकामा पनि उनले े रोष प्रकट गरे। ‘९ महिनादेखि बिक्रेता विनियमावली बनाउन भन्दा बनेको छैन । मन्त्री कराउँदै जाने परिमार्जन पनि नहुने,’ उनले भने, ‘त्यसमा पनि सिन्डिकेट थियो, कसैले बनाएको हिसाबले बनाउने हो कि ?’ ग्यासमा ठूलाबडाले सहुलियत पाएकामा समेत उनले आपत्ति जनाए । ग्यास सहुलियतमा वर्गीकरण गरी गरिब परिवारलाई मात्रै सहुलियत दिनुपर्ने उनले बताए ।

‘पूर्वप्रधानमन्त्री सबैले सहुलियत पाउँदा रहेछन् । वर्तमानले त पाउने नै भए । निगम सञ्चालक समितिका अध्यक्ष एवं आपूर्ति सचिव चन्द्र घिमिरले निगम प्रतिस्पर्धी नबने निजी क्षेत्रलाई समेत अनुमति दिने बताए । ‘अर्थतन्त्रको माग प्रतिस्पर्धा हो । जनता सहज चाहन्छन्,’ उनले भने, ‘यदि निगमले सकेन भने सरकारले सोच्नैपर्छ । विकल्प खोज्नैपर्छ ।’

निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरन्द्रकुमार पौडेल निमगमा रहेका विकृति हटाउन खरो उत्रिने बताए । आफ्नो कार्यकालमा निगमलाई सुधार गर्ने उनले दाबी गरे। ‘निगममा भएका कमीकमजोरी र विकृतिलाई रोक्ने, नभएका विकृतिलाई पनि काट्दै गरी अगाडि बढ्छु,’ उनले भने। त्यसका लागि कार्ययोजना बनाउने, नीति बनाउने र कार्यान्वयन गरिने बताए । ‘निगमको दायित्व कर्मचारीको तलबभत्ता मात्रै छैन । राज्यमा पनि योगदान छ,’ उनले भने, ‘सबै स्टेक होल्डरको भावनालाई बुझेर पारदर्शी हिसाबले निगमलाई सुदृढ बनाउँछ ।’

ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले निगममा निजी क्षेत्रको ६६ प्रतिशत लगानी रहेकाले निजी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताए । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले सरकारले लागतअनुसार प्रतिफल दिनुपर्ने बताए । सरकारले प्रतिफल दिन नसके व्यवसायी विस्फोटतिर लाग्ने बताए ।

पेट्रोलमा ६ रुपैयाँ घट्यो, भाडा घटेन मन्त्री यादवले पेट्रोलको मूल्य ६ रुपैयाँ घटे पनि साार्वजनिक यातायातको भाडा जस्ताको तस्तै रहेको कान्तिपुरमा समाचार छ । ‘मूल्य घटे पनि भाडा उस्तै छ । घटेको छैन । भाडा पनि त अलिकति विचार हुनुपर्यो नि । व्यवसायीहरूले विचार गदैनन्। बढ्यो भने बढ्यो, घटाउने विचार गर्दैनन्,’ उनले भने, निगम दसैंयता करिब चार अर्ब घाटामा रहेकाले घाटापूर्ति लगत्तै बढी मूल्य घटाइने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको