Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमईको एजिएम आज, यस्ता छन एजेण्डा

शुक्रबार, २७ पुस २०७५, १० : ४६ मा प्रकाशित

ग्लोबल आइएमईको एजिएम आज, यस्ता छन एजेण्डा

अर्थ संसार, काठमाडौं –  ग्लोबल आइएमई बैंक लिमिटेडको वार्षिक साधारणसभा पुष २७ गते अर्थात आज हुँदैछ । बैंकको वार्षिक साधारण सभा नक्साल ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

 प्रस्ताव

बैंक गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस प्रस्ताव पारित गर्नुको सँगै बैंकको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभामा लैजाँदैछ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।

कसले पाउछ लाभांश ?

ग्लोबल आइएमईले पुस १५ गते बुक क्लोज गरेको हो । पुस १४ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।हाल ग्लोबल आइएमईको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ मा  १६ प्रतिशत बोनस वितरणपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको