बिहिबार, ०७ चैत २०७५
कैलाश विकास बैंक रुपन्देहीको होराइजनचोक बुटवलमा
शुक्रबार, २७ पुष २०७५

अर्थ संसार, काठमाडौं– कैलाश विकास  बैंक लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरी बिहिबार देखि औपचारीक कारोवार शुभारम्भ गरेको छ ।

यस बैकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिल नारायण श्रेष्ठले उक्त शाखाको उद्घाटन गर्नुभएको थियो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षता रहेको उक्त कार्यक्रमा बैंकका पश्चिम क्षेत्रका क्षेत्रिय प्रमुख कृष्ण प्रसाद अर्यालले सञ्चालन गर्नूभएको थियो ।

साथै सो कार्यक्रममा न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्याय, उद्योग बाणिज्य संघ बुटवलका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ८२ पुगेका छन् भने ATM संख्या ३१ पुगेका छन् । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ७ स्थान तथा देशका अन्य ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको यस बैकले हाल सम्म रु.२६ अर्व निक्षेप संकलन गरी रु.२३ अर्ब ५० करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

 

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved