Like us!
Follow us!
Connect us!
Watch us!

यस साता नेप्सेमा ४ कम्पनीको ११ करोड १५ लाख बढी शेयर सूचिकृत (सूचिसहित)

शुक्रबार, २७ पुस २०७५, १२ : ३५ मा प्रकाशित

यस साता नेप्सेमा  ४ कम्पनीको  ११ करोड १५ लाख बढी शेयर सूचिकृत  (सूचिसहित)

अर्थ संसार, काठमाडौं– यस सता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ कम्पनीको  ११ करोड १५ लाख ३० हजार ५३१.४४ कित्ता शेयर सूचिकृत भएको छ । स्टकको अनुसार दुई कम्पनीको साधारण शेयर र दुई कम्पनीको हकप्रद शेयर सूचिकृत भएको हो ।  

कुनको कति ?

उपर तामाकोशी हाइड्रोपावर लिमिटेड

उपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निश्कासन गरेको साधारणशेयर (आइपिओ) यस साता नेप्सेमा सूचिकृत भएको छ । स्टकको अनुसार १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत भएको हो ।

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड

यस कम्पनीले निश्कासन गरेको साधारण शेयर (आइपिओ) नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको ३७ लाख१४ हजार कित्ता शेयर सूचिकृत भएको छ ।

स्वदेशी लद्युवित्त वित्तीय संस्था लिमिटेड

 यस सस्थाको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर यस साता नेप्सेमा सूचिकृत भएको हो ।

नागवेली लद्युवित्र वित्तीय संस्था

यस संस्थाको ७ लाख ६६ हजार ५१३.४४ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

5c384214b485b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको