Like us!
Follow us!
Connect us!
Watch us!

विधान संस्थागत गर्नमा सरकार चुकिरहेको छः नेता सिंह

शुक्रबार, २७ पुस २०७५, १३ : ०६ मा प्रकाशित

विधान संस्थागत गर्नमा सरकार चुकिरहेको छः    नेता सिंह

अर्थ संसार,  कैलाली- नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाउनुभयो ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको हो ।”

नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकार अगाडि सारेको छ तर सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको देखिएको छ भन्दै जनतालाई केन्द्रविन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको जस्तो देखिएको धारणा व्यक्त गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको