Like us!
Follow us!
Connect us!
Watch us!

मुम्बइमा आयोजित पार्टनरशीप समिटमा परिसंघको सहभागिता

शुक्रबार, २७ पुस २०७५, १७ : २१ मा प्रकाशित

मुम्बइमा आयोजित पार्टनरशीप समिटमा परिसंघको सहभागिता

अर्थ संसार, काठमाडौं– भारतको कन्फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिज (सीआईआई) द्वारा आयोजित २५ औँ संस्करणको पार्टनरशीप सम्मेलन २०१९ मा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमातृका प्रसादयादवको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा नेपाल उद्योग परिसंघको तर्फबाट परिसंघका अध्यक्ष हरिभक्त शर्मा सहितको टोली शुक्रबार भारतको मुम्बइ प्रस्थान गरेको छ ।

मुम्बइमा १२–१३ जनवरी, २०१९ सम्म आयोजना हुने कार्यक्रम रहेको र भारतीय सरकारको औद्योगिक नीति तथा प्रवद्र्धन विभाग र महाराष्ट्र प्रान्तीय सरकारसँगको सहकार्यमा आयोजित सो सम्मेलनको विषय वस्तु नयाँ समझदारीको विकासबाट नयाँ लगानीका वसर पहिचान गर्नु रहेको छ ।
प्लेनरी सेसन,देशगत सेसन, बि टू बि मिटिङ्गमा समेत परिसंघको प्रतिनिधि मण्डलले भागलिने कार्यक्रम रहेको छ ।

नवीकरणीय ऊर्जा, नवीनतम प्रयोग कृषि तथा खाद्य प्रशोधन, स्वास्थ्य सेवा, पर्यटन, डिजिटल प्रविधि लगानी प्रवद्र्धन आदि विषयमा विषयगत छलफल र बहशहुने कार्यक्रम रहेको छ । परिसंघका तर्फबाट अन्य सहभागीहरुमा परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोर र राष्ट्रिय परिषदका सदस्य शरद कुमार तिवरेवाला समेतको सहभागिता रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको