Like us!
Follow us!
Connect us!
Watch us!
अनलाइनबाट आवेदन दिन सकिने

सरकारी जागिर खाने हो ? लोक सेवाले माग्यो १९३ जना (विज्ञापनसहित)

शनिबार, २८ पुस २०७५, १४ : ४८ मा प्रकाशित

सरकारी जागिर खाने हो ? लोक सेवाले माग्यो १९३ जना (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं – लोक सेवा आयोगले ७ वटा प्रदेश स्तरीय कार्यालयबाट १९३ जना नायव सुब्वाको लागि दरखास्त आह्वान गरेको छ। आयोगले काठमाडौंबाट सबैभन्दा धेरै ९९ जनाको लागि माग गरेको छ भने सबैभन्दा कम सुर्खेत कार्यलयबाट ७ जनाको लागि दरखास्त आह्वान गरेको छ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रविणता प्रमाण पत्र वा सो सरह उत्तीर्ण गरेकाले नासुको लागि आवेदन दिन पाउने लोक सेवा आयोगले जनाएको छ। योग्यता पुगेका आवदेकले माघ १५ गतेसम्म आवदेन दिन पाउने छन्। त्यस्तै दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म पाइनेछ।

आवेदन दिनको लागि लोकसेवा आयोगको अनलाइन प्रणाली मार्फत दिनु पर्नेछ। अनलाइन आवेदन दिएपछि राष्ट्रिय बाणिज्य बैंक वा ग्लोबल आइएमई बैंकको शाखा कार्यलयबाट तोकिएको दस्तुर बुझाउनु पर्नेछ।

आयोगले पहिलो चरणमा प्रारम्भिक परिक्षा लिनेछ। प्रारम्भिक परिक्षा उत्तीर्ण गरेकाहरुले द्धितिय चरणको परिक्षामा भाग लिन पाउने जनाएको छ। जुन प्रदेश स्तरीय लोकसेवा कार्यालयबाट आवदेन दिइएको छ त्यहि अन्तर्गतको कार्यलयले तोकिएको स्थानबाट परिक्षा दिनु पर्ने हुन्छ। परिक्षा दस्तुर ४०० रुपैयाँ तिर्नु पर्नेछ यदि समावेशी तर्फको लागि आवदेन दिएमा थप २०० रुपैयाँको दरले भुक्तानी गर्नु पर्ने आयोगले जनाएको छ।

5c39b03925850.jpg 5c39b03ef3a57.jpg 5c39b044cbc27.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको