Like us!
Follow us!
Connect us!
Watch us!

बागलुङमै बन्नेभयो उत्तरगंगा जलविद्युत

आइतबार, २९ पुस २०७५, १४ : २७ मा प्रकाशित

बागलुङमै बन्नेभयो उत्तरगंगा जलविद्युत

अर्थ संसार, काठमाडौं - राष्ट्रिय गौरवको उत्तरगंंगा जलाशययुक्त जलविद्युत् आयोजना बागलङतर्फ पानी खसालेर बनाइने भएको छ । आयोजबारे सरकारवालासँग छलफल गर्न उत्तरगंगा जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजबहादुर विष्टसहितको टोली बुर्तिबाङ पुगेको थियो ।

टोलीले आयोजनाका विषयमा जारी विवाद अन्त्य गरी निसीखोलामा पानी खसाल्ने गरी आयोजना बनाइने बताएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो । आयोजनाको काम अघि बढाउने क्रममा समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवाद रहँदै आउको थियो ।

सरकारले कम्पनी मोडलमा बनाउने निर्णय गरेपछि उत्तरगंगा जलविद्युत् कम्पनीले डिपीआरको काम गरिरहेको छ । समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको