Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोले ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्दै, गर्ने होइन लगानी ?

बुधबार, ०२ माघ २०७५, १७ : १४ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोले ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्दै, गर्ने होइन लगानी ?

अर्थ संसार, काठमाडौं –  हिमाल दोलखा हाइड्रोपावर कम्पनीले कूल ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ ।

साधारण शेयर बिक्रीको लागि भन्दै कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी ७८ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले रु ७८ करोड बराबरको ७८ लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ ।  कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई चयन गरेको छ ।

हिमाल दोलखा हाइड्रोले इलामको गोदक गाबिसमा ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना ७२ करोड ५३ लाख लागतमा सम्पन्न गरेको छ ।

यस्तै, इलाम नगरपालिकामा ८ मेगावाटको माई साना क्यास्केड जलविद्युत परियोजनाको निर्माण अन्तिम चरणमा रहेको छ ।

रु एक अर्ब ३४ करोड ५७ लाख लागतमा निमार्ण भएको यस परियोजनाले छिटै व्यवसायिक उत्पादन गर्ने तयारी गरेको छ ।

हिमाल दोलखा क्यास्केड आयोजना निर्माणसँगै इलामको माइखोलामा मात्र हालसम्म ६ ओटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको