Like us!
Follow us!
Connect us!
Watch us!

२ करोड ५४ लाख कित्ता शेयर डिम्याट गर्न माथिल्लो तामाकोशीको आग्रह (विज्ञापनसहित)

बुधबार, ०२ माघ २०७५, १७ : २९ मा प्रकाशित

२ करोड ५४ लाख कित्ता शेयर डिम्याट गर्न माथिल्लो तामाकोशीको आग्रह (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले  २ करोड ५४ लाख १६ हजार कित्ता साधारण सेयर तत्काल डिम्याट गर्न आग्रह गरेको छ ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, कोषका कर्मचारी तथा लगानीकर्ता संस्थाका कर्मचारीलाई बिक्री गरेको साधारण सेयर डिम्याट नभएको पाइएपछि उक्त सूचना प्रकाशित गरेको हो ।

पहिलो चरणमा नै बिक्री भएका साधारण सेयर हालसम्म पनि डिम्याट  नभएकाले कम्पनीको सेयर रजिष्टार सनराइज क्यापिटलले आज एक सूचना प्रकाशित गरी तत्काल डिम्याट गर्न आग्रह गरेको हो ।

सनराइज क्यापिटलले भौतिक सेयर धारण गरेका सञ्चयकर्ता कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारी, कम्पनी, प्राधिकरणका कर्मचारीका हकमा सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाउनका लागि सेयर प्रमाणपत्र अभौतिकीकरण गराउन भनेको छ ।

हितग्राही खाता नभएका सेयरधनीलाई पनि तत्काल हितग्राही खाता खोल्न क्यापिटलले आग्रह गरेको छ ।

कम्पनीले जारी तथा निश्काशन भई बाँडफाँड भएको १० करोड ५९ लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्चमा सूचीकृत भइसकेको छ र कारोवार समेत भइसकेको छ । यस्तै सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता पनि भएसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको