Like us!
Follow us!
Connect us!
Watch us!

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

विहीबार, ०३ माघ २०७५, १३ : १७ मा प्रकाशित

आयोजना पार्टीकरण गरियो : काङ्ग्रेस नेता महत

अर्थ सं सार, नारायणपुर– नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले आयोजना सञ्चालन हुन नसक्दा विकास बजेट खर्च हुन नसकेको बताउनुभएको छ ।

घोराहीमा दाङका पत्रकारसँगको कुरकानीमा नेता महतले विगतको सरकारले शुरु गरेका अधिकांश आयोजना अहिले अलपत्र अवस्थामा रहेको बताउनुभयो । “विगतको सरकारले देशभर १२\१३ हजार सानाठूला आयोजना शुरु गरेको थियो । ती आयोजना अहिले अलपत्र अवस्थामा छन्”, नेता महतले भन्नुभयो, “विकास बजेट कसरी खर्च हुन्छ रु आयोजनाको काम शुरु भएपछि बजेट खर्च देखिने हो । विकास ठप्प छ, सरकारले कि पुराना आयोजनाको काम नै हुँदैन भन्नुपर्यो होइन भने स्थानीय सरकारलाई ती आयोजनाको जिम्मा लगाउनुपर्यो ।”

उहाँले सरकारले सम्पूर्ण आयोजनालाई पार्टीकरण तथा नेताकरण गर्न खोजेकोसमेत आरोप लगाउनुभयो । काङ्ग्रेसको नेतृत्वमा शुरु भएका आयोजनासमेत सरकारले आफ्नो पार्टीको नेताको नामबाट नामकरण गरेको उहाँको आरोप थियो ।

नेता महतले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको भन्दै नयाँ लगानीकर्ता निराश अवस्थामा रहेको बताउनुभयो । “सरकारले भाषणमा नयाँ लगानीकर्तालाई प्रवद्र्धन गर्ने योजना बनाएको छ भन्ने सुनिन्थ्यो, तर अहिले निजी क्षेत्र भागाभागको अवस्थामा छ, निराश छ”, नेता महतले भन्नुभयो, “सरकारले निजी क्षेत्र लगानीलाई प्रोत्साहन गर्नैपर्छ ।”

उहाँले काङ्ग्रेसभित्र ठूलो समस्या रहेकोसमेत सार्वजनिक गर्नुभयो । पछिल्लो समय काङ्ग्रेस धेरै पछाडि परेको भन्दै उहाँले नेतृत्वमा सुधार ल्याउन आवश्यक रहेको बताउनुभयो । “काङ्ग्रेस अहिले धेरै पछि परेको छ, पार्टीको भित्री व्यवस्थापन र नेतृत्वमा समस्या छ”, उहाँले भन्नुभयो, “नेतृत्वमा सुधार गर्दै जाने, व्यवस्थापन गर्दै जाने कुरामा हामीले कोशिश गरिराखेका छौँ र काङ्ग्रेस नयाँ दिशामा अगाडि बढ्छ ।”

उहाँले वाइड बडी विमान प्रकरणमा पार्टीका सभापति संलग्न रहेको कुरा सञ्चारमाध्यममा आएजस्तो सत्य नभएको जिकिर गर्नुभयो । नेता महतले छानबिन समितिको अध्ययन र अदालतको प्रक्रियाले पुष्टि गर्नेसमेत बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको