Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको प्रतिवेदन : सधै किन बढ्छ हिमाली क्षेत्रमा मूल्य ?

शुक्रबार, ०४ माघ २०७५, १४ : ५२ मा प्रकाशित

राष्ट्र बैंकको प्रतिवेदन :  सधै किन बढ्छ हिमाली क्षेत्रमा मूल्य ?

र्थ संसार, काठमाडौं– हिमाली क्षेत्रमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ ।  नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पाँच महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपभोक्ता मुद्रास्फीति हिमालमा चार दशमलव एक प्रतिशत रहेको पाइएको हो ।

यस्तै पहाडमा तीन दशमलव आठ प्रतिशत, काठमाडौँ उपत्यकामा तीन दशमलव सात प्रतिशत र तराईमा तीन दशमलव सात प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः पाँच दशमलव पाँच प्रतिशत, चार दशमलव आठ प्रतिशत, तीन दशमलव चार प्रतिशत र चार दशमलव तीन प्रतिशत रहेको थियो ।

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव सात प्रतिशत र भारतको दुई दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति चार दशमलव दुई प्रतिशत र भारतको पाँच दशमलव दुई प्रतिशत थियो ।

वार्षिक बिन्दुगत थोक मुद्रास्फीति सात दशमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति एक दशमलव आठ प्रतिशत रहेको थियो । पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु, यातायातका उपकरण तथा पार्टस्, गैरखाद्य पदार्थलगायतका वस्तुको मूल्यवृद्धि भएकाले समग्र थोक मुद्रास्फीति बढ्न गएको हो ।

उपभोक्ता मुद्रास्फीति गत मङ्सिर महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति तीन दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सिमान्तरुपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो ।

गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति छ दशमलव तीन प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति पाँच दशमलव तीन प्रतिशत रहेको थियो । घरायसी सेवा तथा उपयोगिता, यातायात, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणलगायतका वस्तु तथा सेवाको मूल्य वृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको