Like us!
Follow us!
Connect us!
Watch us!

विप्रेषण आप्रवाह ३१ दशमलव 9 प्रतिशतले बढ्दा विदेश जाने घटे

शुक्रबार, ०४ माघ २०७५, १५ : ०३ मा प्रकाशित

विप्रेषण आप्रवाह ३१ दशमलव 9 प्रतिशतले बढ्दा विदेश जाने घटे

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव आठ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु चार खर्ब २८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव पाँच  प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४० दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई दशमलव पाँच प्रतिशतले घटेको थियो । मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रामा घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको