Like us!
Follow us!
Connect us!
Watch us!

गणपतिको द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन

आइतबार, ०६ माघ २०७५, १२ : ३८ मा प्रकाशित

गणपतिको द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन

अर्थ संसार, काठमाडौं– गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आ.ब. २०७५\०७६ को द्रोस्रो त्रैमासिक समिक्षा गोष्ठी शनिबार सम्पन्न गरेको छ ।

होटल डे ब्रेक, वेगनास, पोखरामा  भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।

तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ पौष मसान्त सम्ममा १४ जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत १२,४५८ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६७ करोड ६६ लाख ९७ हजार रहेको छ ।

साथै वित्तीय संस्थाले पौष मसान्त सम्म रु १७ करोड ३९ लाख बचत संकलन गरी खुद नाफा १ करोड ५१ लाख गर्न सफल भएको छ ।

5c441b98eb2ce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको