Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले पत्याएनन् युनिभर्सल पावरको आइपिओ

आइतबार, ०६ माघ २०७५, १६ : २६ मा प्रकाशित

लगानीकर्ताले पत्याएनन् युनिभर्सल पावरको आइपिओ

अर्थ संसार, काठमाडौं–  युनिभर्सल पावरले निश्कासन गरेको साधारण शेयर (आइपिओ) नविकेपछि दोस्रोपटक आवेदन दिने समय थप गरिएको छ ।

अब लगानीकर्ताले माघ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि पनि पुस २९ बाट समय थप गरेर आज (माघ ६ गते) सम्म आइपीओ भर्न सकिने जनाएको थियो । तर यो समयमा पनि आवश्यक मात्रामा आवेदन नपरेपछि कम्पनीले फेरि दोस्रो पटक समय थप गरेको हो ।युनिभर्सलले पुस १५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कति आवेदन दिने ?

कम्पनीले निश्कासन गरेको आइपिओ दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन्न् । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म भर्न पाइनेछ ।

कहाँबाट आवेदन दिने ?
 
सिटिजन्स बैंक, एनआइसी एसिया, सिद्धार्थ र कृषि विकास बैंक तथा महालक्ष्मी विकास बैंकको चरिकोट शाखाबाट आइपीओ भर्न सकिन्छ । यस्तै, सिन्धु विकास बैंकको मुडे, चरिकोट र सिंगटी शाखा तथा हिमालयन बैंकको गौरिशंकर शाखाबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।
 
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ ।  युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको