Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रो एक्स्पो सकियो, तीन दिनमा ६० हजारले गरे अवलोकन

आइतबार, ०६ माघ २०७५, १७ : ५४ मा प्रकाशित

हाइड्रो एक्स्पो सकियो, तीन दिनमा ६० हजारले गरे अवलोकन

अर्थ संसार, काठमाडौं– राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सकिएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा अवलोकनकर्ताको उत्साहजन उपस्थिती देखिएको छ । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको एक्स्पोले जलविद्युत क्षेत्रका बारेमा विविध आयाममा टेवा पुर्याउने विश्वास आयोजकको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा जारी एक्स्पोमा शुक्रबार १२ हजारले अवलोकन गरेका थिए । शनिबार २८ हजारले अवलोकन गरेको एक्स्पोको अन्तिम दिन २० हजार बढीले अवलोकन गरेका छन् ।

विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पििटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ ।

एक्स्पोमा सहभागिहरुलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराइएको छ । पहिलो संस्करणबाट दोस्रो संस्करणमा आईपुग्दा जलविद्युत क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा संस्थाको उल्लेख्य सहभागिताले आगामी दिनहरुमा एक्स्पोलाई अझै परिष्कृत रुपमा आयोजना गरिने एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्मिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।  
शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको एक्स्पोमा दैनिक रुपमा विभिन्न सरकारी निकाय, सम्बद्ध पक्षका उच्च व्यक्तिहरुले अवलोकन गरेका थिए । यसै क्रममा आइतबार पुर्व उर्जामन्त्री राधा ज्ञवालीका साथै संघीय संसदका सदस्यहरुले एक्स्पोको अवलोकन गरेका छन् ।

८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श उपलब्ध गराएका थिए । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा. लि. ले गरेको हो ।
एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता थियो ।

विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य आकर्षण बनेका थिए ।

5c4465c90749a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको