Like us!
Follow us!
Connect us!
Watch us!

टाटा एनआरजी सार्वजनिक : यस्ता छन विशेषताहरु

आइतबार, ०६ माघ २०७५, १८ : ०४ मा प्रकाशित

टाटा एनआरजी सार्वजनिक :  यस्ता छन विशेषताहरु

अर्थ संसार, काठमाडौं– टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आज प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी रावत कन्सर्न प्रा लि मार्फत धनगडीमा सार्वजनिक गरेको छ ।

ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरू गरेको हो जसलाई 'नेपालको सबैभन्दा Youngest कम्प्याक्ट युटिलिटी भेइकल (सीयुभी) को रूपमा राखिएको छ । यसको स्तरीय डिजाइन र प्रविधीका कारणले गर्दा, टाटा एनआरजीले पूर्ण रूपमा नयाँ कथा निर्माण गर्नेछ ।

१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुनेछ- मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ । आजबाट विक्री शुरू गरिउको टाटा एनआरजी धनगडीको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ ।

टाटा एनआरजीमा भएका विशेषताहरू:

समूह

  • विशेषताहरू

कठीन बेजोड एक्सटेरियरहरू

  • अगाडिको डिजाइन
  • साइड प्रोफाइल अद्वितीय बृत्ताकार ह्विल आर्कले हाइलाईट गरिएको
  • टेलगेट र कडा स्किडप्लेटमा मस्कुलर फिनिसर
  • टोन – ४-स्पोक डुरएलोयटीएम चक्काहरू
  • रेलसँग इन्फिनिटी ब्ल्याक रूफ

सक्रिय इन्टेरियरहरू

  • अरेन्ज हाइलाईट्ससँग कालो इन्टेरियर
  • समेट्ने अद्वितीय डेनिम प्रेरित फेब्रिक भएको बोल्स्टेर्स सिटहरू
  • ग्लोभ बक्स
  • लिटर स्पेस भएको ठूलो बुट

कठीन सडकमा कार्यसम्पादन

  • सडक अवस्थामा जान १८० एमएम ग्राउन्ड क्लियरेन्स
  • लिटर रिभोट्रोन पेट्रोल इनजीन भएको
  • सडकका लागि विशेष रूपमा बनाइएको सस्पेन्सन
  • इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली

पूर्ण इन्फोटेनमेन्ट

  • स्मार्ट 5” टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली
  • अकस्टिक अनुभव उपलब्ध गराउनका लागि हर्मनटीएम को उच्च स्तरीय ८ वटा स्पिकर (४ वटा स्पिकर र ४ वटा ट्विटर) प्रणाली  
  • नेभी नक्साको नेभिगेसन
  • , रेडियो र फोनका लागि भ्वाइस कमान्ड

स्तरको रूपमा विकसित सुरक्षा

  • फ्रन्ट एयरब्यागहरू
  • र कर्नर स्टेबिलिटि कन्ट्रोल भएको एबीएस
  • पार्किङ सहायता
  • बडि र क्याबिन
  • स्मार्ट वाइपर
  • -मी-होम बत्तीहरू
  • रूपमा ड्राइभर सिटबेल्ट स्मारक

 

टाटा मोटर्सका बारे

टाटा मोटर्स (वार्षिक) ४५ अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनी हो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १०० अर्व डलरको कारोवार रहेको टाटा गु्रपको एउटा हाँगा हो । १०९ सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापित ज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्तरगत उत्पादन हुन्छ । 

अनि यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ ।  कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ । ब्राण्डको मुल मन्त्र नै ऋयललभअतष्लन ब्कउष्चबतष्यलक रहेको यस कम्पनीले आफ्ना कार्यहरु ग्राहक र बजारको मागमा केन्द्रित रहि नौलो र दिगो प्रविधी को  विकास गर्दै आएको छ । पेसेञ्जर गाडीको विक्रीमा पनि टाटा अगाडि नै रहेको छ ।

यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् । कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविष्कारमा ध्यान दिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् । अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा विक्री वितरण हुन्छ ।  

सिप्रदीको बारेमा

सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो ।  ३७ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ । सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् ।

उनीहरु उत्कृष्ट वस्तु र सेवा पु¥याउने एउटै उद्धेश्यका साथ काम गरिरहेका छन् जसले सिप्रदीको ब्राण्ड भ्यालु वढेको छ । सिप्रदी ट्रेडिङ प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो । यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेका छन् । देशभरि टाटा मोटर्सका गाडीमा समर्पित २१ विक्री कार्यालय, २५ सेवा केन्द्रहरु र ३०० स्पियर पार्टस आउटलेट रहेका छन् । सिप्रदी प्रा .लि, नेपालका लागि  Exide Batteries, Mak Lubricants र  Michelin tires को पनि आधिकारिक वितरक हो ।

 

 

5c4468b35abcc.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको