Like us!
Follow us!
Connect us!
Watch us!

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज : १७.५० % नगद लाभांशको प्रस्ताव लैजाँदै

सोमबार, ०७ माघ २०७५, ०८ : ५७ मा प्रकाशित

स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज :  १७.५० % नगद लाभांशको प्रस्ताव लैजाँदै

अर्थ संसार,  काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३२औं वार्षिक साधारणसभा  आज अर्थात माघ ७ गते हुँदैछ ।  सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउँसो १ बजे शुरू हुने बताइएको छ ।

बैंकले सभामा १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । साथै, सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरूमा पनि सभामा छलफल हुनेछ । बैंकले साधारणसभा प्रयोजनका लागी पुस २९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ ।

पुस २८ गतेसम्म बैंकको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई निर्वाचनमा मतदान गर्न र लाभांशको हकदार हुन सक्छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको