Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो तामाकोशीको शेयरमा तीब्र चलखेल

ramesh lamsal

सोमबार, ०७ माघ २०७५, १० : ४१ मा प्रकाशित

माथिल्लो तामाकोशीको शेयरमा तीब्र चलखेल

अर्थ संसार, काठमाडौँ – माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार भएको एक सातामै लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा आइतबार  भएको कारोवारलाई आधार मान्ने हो भने एउटै कम्पनीको शेयर १२ हजार ४८९ पटक कारोवार भएको छ । कारोवार भएको शेयर सङ्ख्या भने सात लाख २९ हजार २३८ रहेको छ । सो कम्पनीको आइतबारमात्रै रु २३ करोड ४३ लाख चार हजार ५३१ मूल्य बराबरको कारोवार भएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीले अनलाइन कारोवार शुरु भएपछि एउटै कम्पनीको धेरैपटक शेयर कारोवार भएको पहिलो पटक हो । स्टकमा आइतबार १४ हजार ४०० पटक शेयर किनबेच भएको छ । त्यसमा तामाकोशीको मात्रै १२ हजार ४८९ पटक शेयर कारोवार भएको छ । तर, माथिल्लो तामाकोशीको शेयर मूल्यमा भने आइतबार छ दशमलव १० प्रतिशतले घटेको छ । स्टकले गत कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु गरेको हो ।

कालिका सेक्युरिटिजका प्रमुख नरेन्द्र सिजापतिले पनि एउटै कम्पनीको यति धेरैपटक शेयर कारोवार भएको पहिलो पटक भएको प्रतिक्रिया दिनुभयो । गत पुस २९ गतेदेखि उक्त कम्पनीको शेयर कारोवार शुरु भएको हो । कूल छ दिन कारोवार हुँदा निरन्तर पाँच दिन बजार बढेको भए पनि आइतबार आएर घटेको हो । सो कम्पनीको १० करोड ५९ लाख कित्ता शेयर सूचीकृत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको