Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले शेयरधनीलाई लाभांश खुवाउँदै, बुक क्लोज कहिले ?

सोमबार, ०७ माघ २०७५, ११ : १५ मा प्रकाशित

गुडविल फाइनान्सले शेयरधनीलाई लाभांश खुवाउँदै, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं– गुडविल फाइनानस लिमिटेडले आफ्नो २४ औं वार्षिक साधारणसभा आगामि फागुन १० गते गर्ने भएको छ ।

गुडविल फाइनान्सको गुडविल कम्प्लेक्स, हात्तिसार, काठमाडौंमा  ठिक ११ बजे हुने साधारणसभा हुनेछ । वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई  ५.२६३ प्रतिशत (कर सहित) नगद लाभांश दिने भएको छ ।

आइतबार बसेको संचालक समितिको बैठकले माघ २७ गतेदेखि फागुन १० गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।  फाइनान्सको हाल चुक्ता पुँजी ८० करोड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको