Like us!
Follow us!
Connect us!
Watch us!

यस कारण महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

मंगलबार, ०८ माघ २०७५, १० : ४० मा प्रकाशित

यस कारण महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढ्दै

अर्थ संसार, मार्तडी– बाजुरामा पछिलो समयमा महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको छ । महिलाका नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय बाजुराले जनाएको छ ।

कार्यालय प्रमुख लक्ष्मणप्रसाद पाण्डेका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्ग्गा पास गर्नेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । अहिले महिला तथा दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रवधान रहेको कार्यालय प्रमुख पाण्डेको भनाइ छ ।

कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या ५८ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ७६ रहेको जनाएको छ ।

कार्यालयमा जग्गा लिएवापत महिला र दलितले रु दुई लाख ३४ हजार १२ राजश्व छुट पाएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । त्यसैगरी आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्तसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या ३२ र दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ५१ पुगेको कार्यलयको तथ्याङ्कमा उल्लेख छ । यसवापत महिला र दलितले रु दुई लाख २० हजार १५३ राजश्व छुट पाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको