Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लाइफइन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

मंगलबार, ०८ माघ २०७५, १० : ४८ मा प्रकाशित

गुराँस लाइफइन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं–  गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडकाबीच बैंकासुरेन्स सम्झौत सोमबार भएको छ ।

बैकासुरेन्स सम्झौतापछि कामना सेवा विकास बैंक लिमिटेडको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगदफिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजनासहित १२ वटा जीवन बीमा योजना विक्रीग र्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाकाबीच बैंका सुरेन्स सम्झौता भएको छ ।

सम्झौतामा इन्स्योरेन्स कम्पनी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंक को तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

कामना सेवा विकास बैंक लिमिटेडका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट यस कम्पनीको जीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हालमात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको