Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा सामान्य सुधार

मंगलबार, ०८ माघ २०७५, १५ : २२ मा प्रकाशित

शेयर बजारमा सामान्य सुधार

अर्थ संसार, काठमाडौं– शेयर बजारमा  मंगलबार सामान्य सुधार भएको छ । कारोबार भएको १० वटा समूहमध्ये ७ वटा समूह उकालो लाग्दा नेप्से ०.७८ अंकले बढेको हो ।

कूल १५६ वटा कम्पनीको  १० लाख २४ हजार ६१५ कित्ता शेयर खरिदविक्री हुँदा २९ करोड २२ लाख १४ हजार ३४५ रुपैयाँको कारोबार भएको  छ । 

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.४३ अंकले बढेको छ । कारोबार भएको समूह मध्ये सवै भन्दा धेरै लाइफ इन्स्योरेन्स समूह ६७.६८ अंकले बढेको छ । त्यसै गरी  बैकिङ ०.४३, होटल १५, विकास बैंक २.८७, निर्जिवन लाइफ इन्स्योरेन्स ०.१९, अन्य २.३९ र माइक्रोफाइनान्स १७.६ अंकले बढेको छ । यता, जलविद्युत ५.१४, फाइनान्स १.७५ र उत्पादन समूह ९२.२९ अंकले घटेको छ ।

आज सवै भन्दा धेरै उप्पर तामाकोशीको शेयर किनवेच भएको छ । त्यसैगरी समता माइक्रोफाइनान्स वित्तीय संस्था सवै भन्दा धेरै ३.५१ प्रतिशतले बढेको छ भने सवै भन्दा कम कन्चन डेभलपमेन्ट बैंक झण्डै १० प्रतिशतले घटेको छ । सामान्य अंकले बढेको बजारमा बढ्ने र  घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5c46e5d8b9ca7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको