Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै गोंगबुमा गोली चल्यो, हतियार कारोबारी अभिलास तामाङ घाइते

मंगलबार, ०८ माघ २०७५, १८ : ०९ मा प्रकाशित

भर्खरै गोंगबुमा गोली चल्यो, हतियार कारोबारी  अभिलास तामाङ घाइते

अर्थ संसार, काठमाडौं- काठमाडौंको गोंगबुमा प्रहरीले  गोली चलाएर  एक जना हतियार कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका अभिलास तामाङ रहेको प्रहरीले जनाएको छ । 

प्रहरीको अनुसार प्रहरीमाथि जाइलागेपछि  प्रहरीले गोली चलाउँदा तामाङमाथि गोली प्रहार हानिएको हो । उनको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल लाने काम भइरहेको प्रहरीले बतायो । गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरहेको सूचना पाएपछि परिसरबाट गएको टोलीसँग उनको जम्काभेट भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको